काठमाडौँ : पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले कसुर गरेको प्रमाणित हुन नसक्ने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी हुनुपर्ने जिकिर गरेका छन् ।
सोमबार ओली र लेखकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बडालले बन्दी प्रत्यक्षीकरण रिट जारी हुनुपर्ने जिकिर गरेका हुन् । ‘पहिलो कुरा भदौ २३ र २४ को घटना कसुर हो कि होइन त्यो हेरिनुपर्छ’ उनले भने-‘कसुर भएको कुरा स्थापित नभई कसैलाई पनि धरपकड गर्न मिल्दैन ।’
बडालले जाँचबुझ आयोग प्रतिवेदन पूर्वाग्रही प्रेरित भएको र उनले आफ्नो सामाजिक सञ्जालमा आयोग बन्नुअघि लेखेको कुरालाई पुष्टि गर्न जबरजस्ती पूर्वप्रधानमन्त्री र गृहमन्त्रीप्रति पूर्वाग्रह साँधेको जिकिर गरे ।
‘गोली चलाउने आदेश पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीले होइन जिल्ला सुरक्षा प्रमुखले दिने हो,’ उनले भने-‘जसलाई गोली चलाउन दिने अधिकार छ उहाँका विषयमा पक्राउ गरेर हाजिरी जमानीमा छाडिएपछि अब दुई जनालाई मात्रै थुनामा राख्नु गैरकानुनी हो ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij