Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्दै शिवराज भट्ट

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्दै शिवराज भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टले पाउने भएका छन् ।

सोमबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । भट्ट बैतडीको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्री भट्टको शपथ ग्रहण आजै साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम तय गरिएको छ ।

यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह र सुझाव सङ्कलन गर्न तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ । संसदीय दलका प्रमुख सचेतक विक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा प्रदेश सभा सदस्यहरू गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् । यो समितिले प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेट निर्माणका लागि सरकारलाई सुझाव पेस गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट