Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बलेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

बलेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाडौं :  कलाकार सागर लम्साल बलेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ । 

शनिबारदेखि प्रहरी हिरासतमा रहेका बलेलाई आज म्याद थप गर्नुअघि बयानका लागि सरकारी वकिल कार्यालय लगिएको हो ।

अमेरिकामा बस्ने ती युवतीले बलेले आफूलाई बलात्कार गरेको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्।

सोहि घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले बलेलाई शनिबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध कुनै जाहेरी नभएकाले शान्ति सुरक्षामा खलल पुर्याएको महलमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट