काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबीच भेटवार्ता भएको छ।
शाहीले लामिछानेसँग भेट भएको फोटो फेसबुकमा राख्दै एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेको बताएका छन्।
उनले भनेका छन्, ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ।’
प्रतिनिधि सभाको सभामुख पदमा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित भएको घोषणा भने आइतबार गरिने तय छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij