Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रधानमन्त्री बालेन्द्र शाह र गण्डकी प्रदेशका सांसदबीच छलफल

प्रधानमन्त्री बालेन्द्र शाह र गण्डकी प्रदेशका सांसदबीच छलफल

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गर्नु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको  छलफलमा गण्डकी प्रदेशका विकास आयोजना, बजेट कार्यान्वयन, तथा संघ–प्रदेश र स्थानीय प्रदेश बीचको समन्वयका विषयमा छलफल भइरहेको  बताइएको छ ।

यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र मधेश प्रदेशका संघीय सांसदहरूसँग पनि यस्तै छलफल गरिसक्नुभएको छ। सरकारले सबै प्रदेशका जनप्रतिनिधिसँग नियमित संवादमार्फत समग्र विकासलाई अघि बढाउने रणनीति लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट