Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ओली र लेखकमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो १० दिन म्याद

ओली र लेखकमाथि अनुसन्धान गर्न प्रहरीले माग्यो १० दिन म्याद

काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतमा माग गरेको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले  १० दिन म्याद थपका लागि दुवै जनालाई अदालतमा पेस गरिएको बताए ।

ओली र लेखकको म्याद थप बारे  जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ । ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको छ । 

अदालतमा पेस भएको निवेदनमाथि आज सुनुवाइ हुनेछ । दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट