Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सिरहामा खर्बुजाको सिजन सुरु

सिरहामा खर्बुजाको सिजन सुरु

सिरहा : सिरहामा खर्बुजाको सिजन सुरु भएको छ। हाल जिल्लाका गोलबजार, मिर्चैया र लहान लगायतका फलफूल बजारमा भारतका विभिन्न राज्यबाट ल्याइएका खर्बुजा बिक्री भइरहेको हो।

स्थानीय व्यापारी विजय साहका अनुसार अहिले बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्यप्रदेशबाट खर्बुजा आयात भइरहेको छ। सिजनको सुरुवाती चरण भएकाले हाल प्रतिकिलो ५० देखि ५५ रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताए।

658437686_1857851594877721_1808851395497198429_n

व्यापारीहरूका अनुसार नेपाली खर्बुजा बजारमा आउन अझै करिब एक महिना लाग्नेछ। नेपालमै उत्पादन सुरु भएपछि मूल्य केही घट्ने अपेक्षा गरिएको छ।

यता किसानहरूले भने उत्पादन ढिला हुने चिन्ता व्यक्त गरेका छन् । सिरहा र धनुषा जोड्ने कमला नदीको बगरमा खर्बुजा खेती गर्दै आएका स्थानीय किसान धनिकलाल महतोले समयमा मलखाद र उन्नत जातको बीउ नपाउँदा ढिला बिरुवा रोप्नु परेको बताए । यसका कारण उत्पादनमा ढिलाइ हुने र बजारमा नेपाली खर्बुजा आउन समय लाग्ने उनको भनाइ छ।

658920975_2090483061518788_7571087954941344057_n

स्थानीय उत्पादन ढिलो हुँदा उपभोक्ताले केही समयसम्म आयातित खर्बुजामै निर्भर रहनुपर्ने देखिएको छ । सिरहा र धनुषा जोड्ने कमला नदीको बगरमा करिब ५० हेक्टर भूभागमा खर्बुजा खेती गर्दै आएको कृषि ज्ञानकेन्द्र सिरहाको प्रमुख नरेन्द्रकुमार महासेठ बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट