Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सुनिल थापाको अन्तिम फिल्म 'पहाड'को गीत सार्वजनिक, विपिन कार्कीको र्‍याप

सुनिल थापाको अन्तिम फिल्म 'पहाड'को गीत सार्वजनिक, विपिन कार्कीको र्‍याप

काठमाडौँ : वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’ को पहिलो गीत 'मोहनी लगाउने' सार्वजनिक गरिएको छ। 

यो चलचित्र दिवंगत अभिनेता सुनिल थापाको अन्तिम अभिनय रहेको चलचित्रका रूपमा दर्ज भएको छ ।  सार्वजनिक गरिएको गीतमा भारती घिमिरे, साकार आप्टे, अश्मिता अधिकारी र मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ। 

यस गीतको अर्को रोचक पक्ष भनेको अभिनेता विपिन कार्कीको र्‍याप हो, जसले दर्शकका लागि नयाँ स्वाद पस्किएको छ। तुलसी घिमिरेको यस बहुप्रतिक्षित चलचित्रमा सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, प्रियंका कार्की, पञ्चमी घिमिरे र अरुण क्षेत्री लगायतका दिग्गज तथा चर्चित कलाकारहरूको अभिनय रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट