Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कामना सेवा विकास बैंकका ग्राहकलाई चितवनको अशोका रिसोर्टमा १० प्रतिशत छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई चितवनको अशोका रिसोर्टमा १० प्रतिशत छुट

चितवन : कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित अशोका रिसोर्ट प्रा. लि. तथा होटल अशोकासँग सेवा शुल्कमा छुट दिने सम्झौता गरेको छ।

यस सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले उक्त रिसोर्ट र होटलको आवास, खाना र पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। बैंकका ग्राहकहरूले आफू बैंकसँग आबद्ध रहेको प्रमाण देखाई यो सुविधा सहजै लिन सक्नेछन्।

सम्झौता पत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक अशोक अधिकारीले हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट बैंकका ग्राहक तथा कर्मचारीहरू विशेष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट