Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन-२ मा कांग्रेस उम्मेदवारलाई प्रश्न : कस्तो परिणाम आउला ?

चितवन-२ मा कांग्रेस उम्मेदवारलाई प्रश्न : कस्तो परिणाम आउला ?

 काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना खरेलले निर्भिक भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेकी छिन् ।

उनले विभिन्न मतदान केन्द्रहरूको भ्रमण गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूहरू हार्दिकता देखाएर निर्वाचनमा होमिएको बताइन् । ‘अहिलेसम्म मैले भ्रमण गरिरहेका क्षेत्रहरूमा हेर्दा निर्वाचन स्वच्छ रुपमा सञ्चालन छ । मतदाताले निर्भिक भएर मतदान गरिरहनुभएको छ । उत्साह छ,’ उनले भनिन्, ‘ल दिदी आउनुभयो भनिरहनुभएको छ । यसले गर्दा मलाई उत्साहित बनाएको छ ।’

साथै, मतदाताहरूले जनप्रतिनिधि चुन्ने बेला भएको भन्दै निर्भिक भएर मत हाल्न आग्रह गरिन् । ‘आम मतदातालाई निर्भिक भएर मतदान गर्नुस् भन्न चाहन्छु । यो विवेक प्रयोग गर्ने बेला हो । त्यसका लागि तपाईंहरूको सेवामा खट्ने आफ्नो जनप्रतिनिधि चुन्ने बेला हो । निर्भिक भएर आफ्नो मत दिनुहोला,’ उनले भनिन्, ‘निर्वाचनको बेलामा हामी सबै उम्मेदवार हौं, हामीले हार्दिकता देखाएका छौं । मैले मेरो निर्वाचन क्षेत्रमा हार्दिकता पाएको छु ।’

सो क्रममा उनलाई सञ्चारकर्मीले सोधे, ‘चुनावी परिणाम कस्तो आकलन गर्नुभएको छ ?’
उनले जवाफमा भनिन्, ‘यो लहर, उत्साह देखेर तपाईंले नै आकलन गर्न सक्नुहुन्छ नि ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट