Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बमसहित नेकपा उम्मेदवार चौधरी पक्राउ, विस्फोटक पदार्थ सम्बन्धी कसुरसहित तीन मुद्दामा अनुसन्धान सुरु

बमसहित नेकपा उम्मेदवार चौधरी पक्राउ, विस्फोटक पदार्थ सम्बन्धी कसुरसहित तीन मुद्दामा अनुसन्धान सुरु

वीरगन्ज : बमसहित नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।  बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको हो । आयोजित पत्रकार सम्मेलन प्रहरी प्रमुख पाठकले उम्मेदवार चौधरी राति हिँडेको गाडीमा होक्सी बम भेटिएको बताए । चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटियो, हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ, उनले भने ।  चौधरीसहित उनी सवार गाडीमा अन्य तीनजनालाई समेत नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । 

यद्यपि, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ । उम्मेदवार चौधरी सवार बा १० च  १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ । चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट