Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

ओलीको चुनाव प्रचारका लागि दमक पुगे योगेश भट्टराई

ओलीको चुनाव प्रचारका लागि दमक पुगे योगेश भट्टराई

दमक : नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन्। 

भट्टराई आज एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुन निर्वाचन क्षेत्र झापा–५ पुगेका  हुन्। ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई आज दमक आएका छन् ।

 भट्टराई पुगे लगत्तै मतदाताहरु सँगको भेटमा सक्रिय रहेका छन्। भट्टराई आजै कमल गाउँपालिकमा हुने र्याली उद्घाटनका लागि जाँदैछन् । ओलीको चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट