काठमाडौँ : निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यक सेवा र तोकिएका प्रयोजनका लागि सञ्चालन हुने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन सवारी आवागमनलाई व्यवस्थित र सेवामैत्री बनाउन यस्तो निर्णय गरेको जनाएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार, अत्यावश्यक सेवाका सवारी साधनहरूले मतदानको दिन सवारी अनुमति पत्र (पास) लिनु पर्दैन ।
पास नचाहिने सवारी साधनहरू
यस बाहेकका अन्य सवारी साधन सञ्चालनका लागि भने पास अनिवार्य गरिएको छ। आयोगले पास वितरणलाई सहज बनाउन निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि रहने गरी आयोग परिसरमै ‘एकीकृत सवारीसाधन आवागमन डेस्क’ स्थापना गरेको छ। काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुनुपर्ने पासहरू सोही डेस्कबाट जारी भइरहेको आयोगले जनाएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij