Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

धादिङ बस दुर्घटनास्थलमा पुगे पाण्डे

धादिङ बस दुर्घटनास्थलमा पुगे पाण्डे

 काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता तथा धादिङ क्षेत्र नम्बर–१ का उम्मेदवार राजेन्द्र पाण्डेले धादिङस्थित भैंसिगाौडा बस दुर्घटनास्थलको स्थलगत अनुगमन गरेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ्ग–५ भैंसिगौडास्थित रोराङमा बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनाको खबर पाए लगत्तै पाण्डे उक्त स्थानमा पुगेर घटनाको स्थलगत जानकारी लिएका हुन् । 

गएराति पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना स्थलमा पुगेर पाण्डेले त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारकर्ताहरूसँग घटनाको स्थलगत जानकारी लिएका हुन् । पाण्डेले घटनाको स्थलगत जानकारी लिँदै उद्धार तथा उपचार कार्यलाई तीव्र र प्रभावकारी बनाउन समन्वय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट