काठमाडौँ : गएराति दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएको विषयमा निर्वाचन आयोगले निर्णय नगरिसकेको बताएको छ ।
शुक्रबार आयोगको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सहायक प्रवक्ता सीता पुनले आयोगले आधिकारिक निर्णय गरिनसकेको बताइन्। ‘निर्वाचन आचारसंहिता अथवा आचारसंहिता विपरीतका कार्य भए भने निर्वाचन कसुर सजाय ऐन अन्तर्गत रहेर निर्वाचन आयोगले कारबाही गर्ने हो ।
यस विषयमा अहिलेसम्म आयोगबाट निर्णय नभइसकेकाले यहाँ मैले थप बोलिरहनुपरेन’, पुनले भनिन् । रास्वपाका सभापति रवि लामिछाने कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दाङ आउनेक्रममा स्वागतका लागि पर्खिएका रास्वपाका कार्यकर्ताहरूले चुनाव चिन्ह सूर्य अङ्कित झण्डा जलाएको एमालेले आरोप लगाएको छ । यस्तै राजनीतिक दलहरूबाट फागुन ४ गतेबाट निर्वाचन खाता सञ्चालन होस् भन्ने आयोगको अपेक्षा रहेको उनले बताइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij