फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज वक्तव्य जारी गर्दै झण्डा जलाउने,एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउनेलाई कारबाही गर्न भनेका छन्। यस्ता कार्यमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले कारवाही नगरे अराजकहरूलाई कारबाही गर्न सशक्त प्रतिवाद गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन्।
बिहीबार एमाले महासचिव शंकर पोखरेलको गृहनगर दाङ तुलसीपुर क्षेत्रमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका थिए । साथै बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजीसमेत गरेका थिए । सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका लामिछानेको स्वागत कार्यक्रमकै क्रममा झण्डा दहन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij