काठमाडौँ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान व्यवस्था बचाउन फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् । बुधबार जनकपुरको तिरहुतियामा भएको प्रतिज्ञासभामा नेता निधिले पार्टीलाई जिताउन निर्वाचनमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए ।
उनले अहिले नेपालमा जननिर्वाचित संसद् र सरकार नभएकाले त्यो बचाउनका लागि लोकतन्त्रवादी पार्टीले जित्नुपर्ने आवश्यकता रहेको बताए । ‘अहिले नेपालमा जननिर्वाचित सरकार र संसद् छैन् । तसर्थ निर्वाचनमार्फत जनताका प्रतिनिधि निर्वाचित गरेर तीनै प्रतिनिधिमार्फत सरकार निर्माण गर्नुछ,’ नेता निधिले भने, ‘ वर्तमान शासन व्यवस्था बचाउनुछ ।’ निधिले वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको बताए । संविधानसभामार्फत बनेको यो संविधानमा सबैका अधिकार समेटिएकाले यो संविधानलाई बनाउन कांग्रेसको बहुमत आउनुपर्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij