काठमाडौँ : प्रहरी प्रभाग बल्खुमा कार्यरत एकजना प्रहरी जवानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुमा कार्यरत जवान कैलेश गिरी छन् ।
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई ठगीमा संलग्न आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
उनले भने, ‘ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो, पक्राउ गरेर अनुसन्धान गर्दैछौँ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij