Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अब काम गर्ने हामीले हो, यसपटक संसद्‌‌मा जादु गर्ने हो जादु : रवि लामिछाने

अब काम गर्ने हामीले हो, यसपटक संसद्‌‌मा जादु गर्ने हो जादु : रवि लामिछाने

गुल्मी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार सदरमुकाम तम्घासमा सम्बोधन गर्दै अब काम गर्ने आफूहरु भएको र यसपटक संसद्‌मा जादु गर्ने बताएका छन् ।

'अहिले देशमा इतिहास रच्ने हो, जुन गुल्मीबाट सुरु भएको छ', उनले भने, 'यो इतिहास लेख्ने दिनको समापन यहीँ २१ गते हुनेछ ।' तम्घासमा समर्थकहरुको उल्लेख्य उपस्थिति देखेपछि उनले भने, 'गुल्मीले आफ्नो काम यो उपस्थितिबाटै पुष्टि गरेको छ । अब काम गर्ने हामीले हो, यसपटक संसद्‌‌मा जादु गर्ने हो जादु ।' त्यसका लागि जनताले मतपत्रमा जादु गर्नुपर्ने उनले बताए । उनले यसपटक मतदान र निर्वाचन होइन क्रान्ति हुने समेत बताए ।

गुल्मी-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल र गुल्मी-२ बाट गोविन्द पन्थीको प्रशंसा गर्दै दुवै जनालाई संसद्‌मा पठाउन उपस्थितिलाई आग्रह गरे । उनले थपे, 'तपाईंले मत दिनुस्, तपाईंको इमान जोगाएनन् भने यहीँ चोकमा ल्याएर छाडिदिन्छु ।' 

तम्घासको लाकुरीमञ्चमा सम्बोधनका क्रममा ५ मिनेट मात्रै बोलेका थिए । लगत्तै उनी तम्घास सहिद चोकमा सहिद शमशेरबहादुर खत्रीको सालिकमा सफाइ, सेल्युट र माल्यार्पण गरेर अर्घाखाँचीतर्फ लागेका थिए । पाल्पा हुँदै गुल्मी आएका रवि लामिछाने अर्घाखाँची हुँदै फर्कने कार्यक्रम तय छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट