Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने

रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले फागुन ७ गते सार्वजनिक हुने निश्चित भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘फागुन ७ गते हामीले वाचापत्र सार्वजनिक गर्छौँ । सोही अनुसार पार्टी तयारी गरेको छ’, उनले भने । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक सूचना जारी गरेको थियो । अहिलेसम्म प्रमुख राजनीतिक दलहरूमा नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपालले सार्वजनिक गरिसकेको छ । राप्रपाले शनिबार र जसपाले आयोगले ताकिएकै मितिमा सार्वजनिक गर्ने तयारी गरेको छ । यता नेपाली कांग्रेस र नेकपा एमालेले कहिलेसम्म सार्वजनिक गर्ने भनेर टुङ्गो लागेको छैन । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट