Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

टी–२० विश्वकप : इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

टी–२० विश्वकप : इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं : मुम्बईमा जारी आईसीसी  टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले आजको खेलमा शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।

दिउँसो सवा ३ बजेदेखि वाङ्खेडे स्टेडियम मुम्बईमा सुरु हुने खेलका लागि नेपाली समर्थकहरू रंशगाला बाहिर पुगिसकेका छन् । इंग्ल्यान्डसँगको पहिलो खेलमा उल्लेख्य मात्रामा नेपाली दर्शकहरू रंगशालामा आएका थिए । आजको खेलका लागि पनि भारतमै रहेका नेपालीहरूसहित नेपालबाट पनि दर्शकहरू आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट