Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ : प्रधानमन्त्री

हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् । बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन (फागुन २१) मै चुनाव हुने बताएकी हुन् ।

‘पुरै देशभर एकैदिन फागुन २१ मा चुनाव सम्भव छ ।  हामीले मौसमको पनि अध्ययन गरिरहेका छौ, पुरै सम्भव छ’, प्रधानमन्त्री कार्कीको भनाइ छ । कार्की बिहीबार हिमाली जिल्लामा निर्वाचनको अवस्था बुझ्न सोलुखुम्बु पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट