Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

दोस्रो सातामा फिल्म ‘आबाट आमा’, पहिलो साताको आम्दानी कति ?

दोस्रो सातामा फिल्म ‘आबाट आमा’, पहिलो साताको आम्दानी कति ?

काठमाडौँ  : पल शाह र उषा उप्रेतीको मुख्य भूमिका रहेको फिल्म ‘आबाट आमा’ दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्मले घरेलु बक्स अफिसमा सन्तोषजनक आम्दानी गरिरहेको निर्माण युनिटले जनाएको छ ।

दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मले दुई करोडको व्यवसाय गरिसकेको निर्माण युनिटको दाबी छ । तर फिल्मको वास्तविक व्यवसाय भने सोमबार चलचित्र विकास बोर्डले बक्स अफिस सार्वजनिक गरेपछि बाहिर आउँछ । चन्द्र पन्त निर्देशित सामाजिक कथामा निर्माण भएको फिल्मले आमा र परिवारको कथा उठाएको छ । फिल्ममा त्रिकोणात्मक प्रेम कथा पनि छ । १६ माघ अर्थात गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्ममा पल र उषासहित प्रदीप रावत, विपना थापाको मुख्य भूमिका छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट