Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड

काठमाडाैँ : राष्ट्रिय मानव अधिकार आयाेगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएकाे छ ।

आयाेगका प्रवक्ता डा. टीकाराम पाेखरेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएकाे हाे । निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन / प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेकाे हाे । 

प्रतिनिधि सभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको आयोगले अनुगमन गरिरहेको उनले बताए । आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमन/पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको छ । छलफलका सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए। 

1-NHRC Nepal Press Release-2082-10-22_page-0001

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट