Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको इन्सास राइफल दाउराको चाङमा भेटियो, दुई युवक पक्राउ

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको इन्सास राइफल दाउराको चाङमा भेटियो, दुई युवक पक्राउ

कास्की : कास्की प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएको हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२ भीमसेन टोलमा लुकाइराखेको अवस्थामा प्रहरीले इन्सास राइफल बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले सोमबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा महोत्तरी घर भई हाल पोखरा–९ नयाँबजार बस्ने १८ वर्षीय रवि चौधरी र भारत घर भई पोखरा–२ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमार छन् । प्रहरीको सोधपुछका क्रममा उनीहरुले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटेको र आगजनी गरेको स्वीकार गरेका छन् । उनीहरुले लुटेको हतियार भीमसेन टोलस्थित इन्द्रबहादुर भारीको घरको टहरोमा रहेको दाउराको चाङभित्र लुकाएका थिए ।

प्रहरीले सोही स्थानमा खानतलासी गर्दा दाउराको बिचमा लुकाएको अवस्थामा ‘राइफल ५.५६ एमएम एम ३२२६’ लेखिएको इन्सास राइफल फेला पारेको हो । हतियारसहित पक्राउ परेका दुवैजनालाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा कारबाही अगाडि बढाइएको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरुलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट