Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रामेछापमा सबैभन्दा धेरै मतदाता, मनाङमा सबैभन्दा कम

रामेछापमा सबैभन्दा धेरै मतदाता, मनाङमा सबैभन्दा कम

काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदाता संख्या तथा निर्वाचन क्षेत्रअनुसारका विवरण सार्वजनिक गरेको छ।

आयोगका अनुसार नेपालभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता रहेका छन्। सार्वजनिक तथ्यांकअनुसार रामेछाप सबैभन्दा धेरै मतदाता भएको निर्वाचन क्षेत्र बनेको छ। रामेछापमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता दर्ता छन्। मतदाता संख्या धेरै भएका निर्वाचन क्षेत्रको सूचीमा दोस्रो स्थानमा अर्घाखाँची–१ र तेस्रो स्थानमा दोलखा–१ रहेका छन्। यसैगरी बर्दिया–१ र काभ्रेपलाञ्चोक–२ पनि धेरै मतदाता भएका शीर्ष पाँच निर्वाचन क्षेत्रभित्र परेका छन्।

उता, मनाङ सबैभन्दा कम मतदाता भएको जिल्ला बनेको छ। यहाँ मात्र ७ हजार मतदाता रहेका छन्। मनाङपछि मुस्ताङ, डोल्पा, हुम्ला र पूर्वी रुकुम कम मतदाता भएका निर्वाचन क्षेत्रको सूचीमा परेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको यो तथ्यांकले भौगोलिक अवस्था, जनसंख्या वितरण र निर्वाचन व्यवस्थापनमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट