Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चार कम्युनिस्टनेता कांग्रेसमा प्रवेश

चार कम्युनिस्टनेता कांग्रेसमा प्रवेश

ललितपुर : ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४‚ नल्लुमा कम्युनिस्ट पार्टीका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आइतबार आयोजित चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा निर्वाचनमा ललितपुर १ का उम्मेदवार उदयशमशेर राणाले नेकपाको सक्रिय राजनीति गरेका चार नेतालाई पार्टी प्रवेश गराए। कांग्रेस प्रवेश गर्नेमा नेकपा पूर्व वडाकमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडाकमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, तत्कालीन नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ छन्।

उनीहरूलाई पार्टी प्रवेश गराउँदै राणाले नल्लुसहित कोन्ज्योसोम क्षेत्रको विकास र समृद्धिका लागि कांग्रेस निरन्तर प्रतिबद्ध रहेको बताए। उनले पुराना र अनुभवी नेताहरूको आगमनले पार्टीलाई थप ऊर्जा मिलेको र यसले आगामी निर्वाचनको अंकगणितमा समेत दूरगामी प्रभाव पार्ने जिकिर गरे। पार्टी प्रवेशपछि नेताहरूले वामपन्थी दलहरूमा बढ्दो साङ्गठनिक विचलन र जनताप्रतिको उत्तरदायित्व कम हुँदै गएकाले आफूहरूले विकल्प रोजेको बताए। उनीहरूले नेपाली कांग्रेसको लोकतान्त्रिक कार्यशैली, विकासमुखी दृष्टिकोण र जनतासँग प्रत्यक्ष जोडिने संस्कृतिका कारण आफूहरू आकर्षित भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट