Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेनको चुनावी अभियानमा सामेल दिनेश सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बालेनको चुनावी अभियानमा सामेल दिनेश सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नता बालेन्द्र साह (बालेन)को चुनावी प्रचारका लागि अछाम गएका एक जना बेहोस भएका छन् ।

नुवाकोट घरभएका ४४ वर्षीय दिनेश सिटौला आज बिहान एक्कासी बेहोस भएपछि उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बिहान एक्कासि बेहोस भएपछि सिटौलालाई अस्पताल भर्ना गरिएको थियो । तर थप उपचारका लागि भन्दै उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए । साथै बालेनले अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जाने कार्यातालिका छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट