Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सांसद बेलवासेको माग: चुनावी प्रचारप्रसारमा नेपाली राष्ट्रिय झण्डा प्रयोगमा पूर्ण रोक लगाइयोस्

सांसद बेलवासेको माग: चुनावी प्रचारप्रसारमा नेपाली राष्ट्रिय झण्डा प्रयोगमा पूर्ण रोक लगाइयोस्

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा पूर्ण रोक लगाउन सरकारसँग माग गरेकी छन् ।

आज राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बेलवासेले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेकोले उक्त कदम उठाउन सरकारसँग आग्रह गरेकी हुन् ।



उनले चुनावी प्रचारका क्रममा घाँटीमा माला झैँ लगाइएका राष्ट्रिय झण्डा पछि कहाँ पुगे, कसरी राखिए र कसले स्याहारसम्भार गर्‍यो भन्नेबारे कुनै जानकारी नहुने अवस्था रहेको उल्लेख गरिन् ।

नेपाली राष्ट्रिय झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्दै सांसद बेलवासेले भनिन्- ‘नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन । यसलाई टोटल ढंगले रोक्नुपर्छ । घाँटीमा माला लगाइएका झण्डा अहिले कहाँ छन्, कसरी राखिएका छन्, कसले स्याहारसम्भार गरेको छ भन्नेबारे खोजविन गर्न सकिने अवस्था छैन । त्यसैले झण्डाको दुरुपयोग रोक्न सरकारले पूर्ण प्रतिबन्ध लगाउनुपर्छ ।’

उनले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था तथा कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा पनि जोड दिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट