काठमाडौँ : सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ । शुक्रबार र शनिबार अन्तराष्ट्रिय बजारमा मूल्य सामान्य घट्दा यसको प्रभाव नेपाली बजारमा परेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij