Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसनको पाँचौँ अधिवेशन सकियो, अध्यक्षमा ईन्द्र रेग्मी

चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसनको पाँचौँ अधिवेशन सकियो, अध्यक्षमा ईन्द्र रेग्मी

चितवन : चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको ९औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशन गोरखााको अजीरकोट गाउँपालिका–३ स्थित नम्की होमस्टेमा सम्पन्न भएको छ।

अधिवेशनले  ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा यज्ञप्रसाद पौडेल, सचिवमा कमल अधिकारी, कोषाध्यक्षमा होमनाथ पौडेल, र सदस्यमा क्रमशः जनककुमार ढकाल, सुरेश चौधरी, दीपक कँडेल, सन्तोष भट्टराई, र देवेन्द्र अधिकारी सर्वसम्मतरूपमा चयन भएका छन्।

कार्यक्रम संस्थाका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थापक अध्यक्ष ईश्वरकुमार श्रेष्ठ, प्रमुखअतिथि तथा पूर्व उपाध्यक्ष र सल्लाहकार गोपाल भट्टराई विशेष अतिथिका रूपमा अधिवेशनमा उपस्थित थिए। कार्यक्रमको सन्चालनको संस्थाका सचिव कमल अधिकारिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट