Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

गोरखामा बस र ट्रक ठोक्कियो, १७ जना घाइते

गोरखामा बस र ट्रक ठोक्कियो, १७ जना घाइते

पोखरा : गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत पाँचकिलोमा बुधबार उक्त दुर्घटना भएको हो ।गोरखाबाट पोखराका लागि छुटेको ग २ ख १६५९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको मधेश प्रदेश ०३–००२ ख २६१५ नम्बरको ट्रक ठोक्किएको गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र तीन जनाको सामान्य छ । बसचालक पोखरा महानगरपालिका ३२ का ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीका ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ रहेका बढी घाइते भएका छन् ।घाइतेहरुको तनुहँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट