Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

कांग्रेसभित्रको मतभेद अन्त्य गरी एकताबद्ध हुन विश्वप्रकाश शर्माको आग्रह

कांग्रेसभित्रको मतभेद अन्त्य गरी एकताबद्ध हुन विश्वप्रकाश शर्माको आग्रह

काठमाडौँ   : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले प्रतिक्रिया दिएर मात्र समस्या समाधान नहुने भन्दै पार्टीभित्रै कमजोरीको गम्भीर समीक्षा गर्न र सबैलाई मूल बाटोमा फर्किन आग्रह गरेका हुन् ।

उनले विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समय नै अहिलेको मुख्य प्रश्न भएको उल्लेख गरेका छन् ।

‘अब कोही नअल्मलिऔँ, सबै जुटौँ मूल बाटोमा ! हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौँ । मन माझौँ– घरभित्रै । मन जोडौँ– घरभित्रै,’ शर्माले लेखेका छन् ।


उनले अहिलेको विषय नेपाली कांग्रेसको मात्र नभई देशकै भएको जिकिर गर्दै सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् । ‘आखिर हामी सबै जान्दछौँ– प्रश्न यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ,’ उनले लेखेका छन् ।

कांग्रेसभित्रको आन्तरिक विवादबिच शर्माको यस्तो आग्रह आएको हो । पार्टीको देउवा पक्षले यही मंसिर २१, २२ र २३ गते काठमाडौँमा महाधिवेशन गर्ने तयारी गरेको छ । त्यसअघि शर्माले देउवा पक्षमा रहेका नेता तथा कार्यकर्तालाई कांग्रेसभित्रै फर्किएर एकताबद्ध हुन आग्रह गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट