Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

‘अहिल्यै आत्तिन हुन्न, एउटै शक्ति सधैँ सत्तामा रहँदैन’

‘अहिल्यै आत्तिन हुन्न, एउटै शक्ति सधैँ सत्तामा रहँदैन’

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको आन्तरिक राजनीति अनावश्यक दिशामा जान नदिनको लागि राजनीतिक दलहरूले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘राष्ट्रिय जागरण अभियान’ शुभारम्भ कार्यक्रममा उनले अमेरिका लगायतका देशमा हालै सम्पन्न निर्वाचनबाट एउटै शक्ति सधैँ सत्तामा रहन नसक्ने उदाहरण पेश गरेको भन्दै आत्तिन नहुने बताए। उनले दलहरू र जनताबीचको दूरी कम गर्न लोकतान्त्रिक शक्तिहरुबीच सहकार्यको आवश्यक रहेको पनि बताए।


विश्वको राजनीति पनि सकारात्मक दिशामा गइराखेको छ भने देशको आन्तरिक राजनीति पनि अनावश्यक दलत दिशामा नजाओस् भन्ने सन्दर्भमा भूमिका खेल्नुपर्ने अवस्था छ। अहिलेका घटनाक्रमबाट हामी आत्तिनुपर्ने केही पनि छैन’, उनले भने,‘मुख्यतः हामी जनतासँग जोडिनुपर्छ र लोकतान्त्रिक शक्तिहरुसँग समेत हातेमालो गदै अगाडि बढ्नुपर्छ। मुख्यतः हाम्रो जोड पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने कुरामा केन्द्रित हुने भएको कारणले अहिले सबै नेता तथा कार्यकर्ताको सक्रियताको खाँचो छ। यसरी हामी वामपन्थी शक्तिहरुलाई मिलाउन पनि कोशिस गर्नेछौँ ।

उनले मुलुकको आन्तरिक मामिलामा कुनै पनि देशले हस्तक्षेप नगरोस् भन्नका लागि समाजवाद र एक चीन नीतिको पक्षमा आफूहरू रहेको पनि बताए। उनले चीनले अंगालेको समाजवाद विश्वकै लागि अध्ययनको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै चीनको समाजवादी व्यवस्था र राज्य सञ्चालनका अनुभव नेपालका लागि पनि उपयोगी हुने तर्क गरे। उनले पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन नेता तथा कार्यकर्ताको सक्रियता आवश्यक रहेको पनि बताए। 

‘एक चीन नीतिको पक्षमा छौँ । हामी देशको आन्तरिक मामिलामा कुनैपनि देशले हात नहालुन् भन्ने पक्षमा रहेका छौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट