चितवन : घरजग्गा कारोबारलाई व्यवस्थित, व्यावसायिक र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित चितवनमा ‘स्वस्तिक घरजग्गा संसार प्रा.लि.’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। ‘घरजग्गा, सपना र विश्वास सधैँ तपाईंसँगै’ भन्ने नाराका साथ सुरु भएको कम्पनीले घरजग्गा खरिद–बिक्रीदेखि घर तथा भवन निर्माण र भाडा व्यवस्थापनसम्मका सेवा एकै ठाउँबाट उपलब्ध गराउने लक्ष्य लिएको छ।
चितवनमा तीव्र रूपमा बढिरहेको सहरीकरण, आवासको माग र घरजग्गा कारोबारको विस्तारलाई मध्यनजर गर्दै स्थापना गरिएको कम्पनीले रियल स्टेट क्षेत्रमा व्यावसायिक सेवा, सहज सहजीकरण र विश्वासिलो कारोबारको वातावरण निर्माण गर्ने जनाएको छ।
कम्पनीले व्यावसायिक रूपमा घरजग्गा खरिद तथा बिक्री, आवासीय तथा व्यावसायिक भवन निर्माण, घरजग्गा भाडामा लिनेदिने व्यवस्था तथा रियल स्टेटसम्बन्धी अन्य आवश्यक सेवाहरू उपलब्ध गराउनेछ। घरजग्गासम्बन्धी कामका लागि विभिन्न निकाय तथा स्थानमा धाउनुपर्ने अवस्थालाई सहज बनाउँदै सेवाग्राहीलाई एकद्वार प्रणालीबाट सेवा दिने कम्पनीको अवधारणा छ।
कम्पनीका अध्यक्ष दीपक गौतमले घरजग्गा मानिसको जीवनको महत्वपूर्ण सपना र ठूलो लगानीसँग जोडिएको विषय भएकाले यस क्षेत्रमा विश्वास, पारदर्शिता र व्यावसायिकता आवश्यक रहेको बताए। सेवाग्राहीको आवश्यकता, चाहना र आर्थिक क्षमताअनुसार उपयुक्त सेवा उपलब्ध गराउँदै आफ्नै घर तथा जग्गाको सपना पूरा गर्न सहजीकरण गर्ने उनको भनाइ छ।
“हामीले नयाँ सुरुवातसँगै नयाँ सम्भावना र विश्वासको यात्रा प्रारम्भ गरेका छौँ। घरजग्गासम्बन्धी सेवाग्राहीका आवश्यकता र सपनालाई सहज रूपमा पूरा गर्नु हाम्रो मुख्य उद्देश्य हो। चितवनमा बसोबास गर्ने र आफ्नै घर बनाउने सपना देख्नेहरूका लागि स्वस्तिक विश्वासिलो सहयात्री बन्नेछ,” अध्यक्ष गौतमले बताए।
त्यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक निराजन भट्टराईले चितवन शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, व्यापार तथा पूर्वाधार विकासको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गइरहेको अवस्थामा व्यवस्थित बसोबास र योजनाबद्ध सहरी विकासमा विशेष ध्यान दिनुपर्ने बताए।
“चितवन विभिन्न क्षेत्रको हबका रूपमा विकास भइरहेको छ। जनसंख्या र सहरीकरण बढ्दै जाँदा व्यवस्थित बसोबासको आवश्यकता पनि बढेको छ। घरजग्गासम्बन्धी सबै कामका लागि अलग-अलग ठाउँ धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने हाम्रो लक्ष्य हो। सेवाग्राहीले आफ्नो काम सहज रूपमा सम्पन्न गरी ढुक्क हुने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो,” प्रबन्ध निर्देशक भट्टराईले भने।
कम्पनीले घरजग्गा कारोबारलाई केवल खरिद–बिक्रीमा सीमित नराखी सेवाग्राहीको आवश्यकता पहिचान, उपयुक्त सम्पत्ति छनोट, निर्माणसम्बन्धी सहजीकरण र भाडा व्यवस्थापनसम्मका सेवामा व्यावसायिक भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ।
चितवनको बढ्दो व्यावसायिक तथा आवासीय सम्भावनालाई आत्मसात् गर्दै सञ्चालनमा आएको स्वस्तिक घरजग्गा संसारले रियल स्टेट क्षेत्रमा सेवा विस्तारसँगै व्यवस्थित बसोबासको अवधारणालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
घरजग्गा कारोबारमा सहजता, सेवामा व्यावसायिकता र सम्बन्धमा विश्वास स्थापित गर्ने प्रतिबद्धतासहित स्वस्तिक घरजग्गा संसार प्रा.लि.ले चितवनमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij