काठमाडौं : एनपीएल सिजन ३ मा ओमोडा इलेक्ट्रिफाइङ प्लेयरको अवार्ड चितवन राइनोजका रिजन ढकालले पाएका छन् । यो अवार्डसँगै ओमोडा जेकबका तर्फबाट कारसमेत ढकालले पाएका छन् । उनले यस सिजनमा १७ विकेट हात पारेका थिए ।
सिजनभरीमै सबैभन्दा धेरै विकेट लिने पनि ढकाल नै हुन् । यस्तै प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी भएका छन् । उनले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
आजको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरले सिजन ३ को उपाधि जितेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij