Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

मोरङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

मोरङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ

मोरङ  : मोरङको लेटाङ नगरपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय भुवानीप्रसाद लम्साल रहेका छन्। उनलाई विकास नामले समेत चिनिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत कात्तिक २८ गते साँझ लेटाङ नगरपालिका क्षेत्रमा आयोजित एक कार्यक्रममा सहभागी भई घर फर्किने क्रममा बालिकामाथि जबरजस्ती करणी भएको भन्ने जाहेरी मंसिर ३ गते इलाका प्रहरी कार्यालय लेटाङमा परेको थियो।

जाहेरी प्राप्त भएपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा लम्सालको पहिचान भएपछि मंसिर ५ गते उनलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका लम्सालमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट