Logo

Nov 15 2026 | २०८३, कार्तिक ३०गते

गोरखाको धार्चेमा सुक्खा पहिरो

गोरखाको धार्चेमा सुक्खा पहिरो

गोरखा : गोरखा धार्चे–१ यारू पुल नजिक बगरमा भीषण सुक्खा पहिरो खसेको छ । आज बिहान बिहान ९ बजे उक्त स्थानमा पहिरो खसेको हो । उक्त क्षेत्रमा बाटो बन्द भएकोले कुनै मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक जिल्ला अधिकारी नेत्र प्रकाश शर्माले जानकारी दिए ।

पहिरोबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट