Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

बझाङ जिप दुर्घटनामा दुईको मृत्यु, पाँच जनाको अवस्था गम्भीर

बझाङ जिप दुर्घटनामा दुईको मृत्यु, पाँच जनाको अवस्था गम्भीर

कैलाली : बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।बझाङको केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे भित्री सडक खण्डमा गुडिरहेको जिपको ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो।दुर्घटनामा परी केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पवित्रा धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री तथा ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन्।उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर र एक जनाको मध्यम रहेको प्रहरीले जनाएको छ।घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट