Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

आज सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३६ हजार २८० रुपैयाँ कायम भएको छ ।यस्तै, चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।आज १० ग्राम चाँदीको मूल्य ३ हजार १३४ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट