Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ, नगद १ लाख ११ हजार बढी बरामद

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ, नगद १ लाख ११ हजार बढी बरामद

 

रत्ननगर : चितवनका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले मंगलबार खैरहनी नगरपालिका-८ पानीटंकी चोकमा जुवातास खेलिरहेका लक्ष्मण खरेल, बिक्रम श्रेष्ठ, धनिजरा चौधरी, उमेश गुरुङ, लिल पुन, बावुराम खरेल, राजु लामा र पारस तामाङलाई १० थान तास र ७७ हजार ९९५ रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

 

त्यसैगरी, गएराति भरतपुर महानगरपालिका-१६ नवीन चोकमा जुवा खेलिरहेको अवस्थामा सुरज गुरुङ, चन्द्र बहादुर गुरुङ, बिस्वास गुरुङ, बिक्रम गुरुङ र सुरज बाबु बानियाँलाई २ बुक तास र ३३,९९० रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै जनाविरुद्ध जुवा सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij