Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

रत्ननगरको चित्रसारीमा  कारको ठक्करबाट अटोमा क्षति

रत्ननगरको चित्रसारीमा  कारको ठक्करबाट अटोमा क्षति

रत्ननगर : चितवनको रत्ननगर नगरपालिका–८, चित्रसारीमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा पार्किङ गरी राखिएको अटोमा क्षति पुगेको छ ।

स्थानीय बासिन्दाका अनुसार गएराति अनियन्त्रित गतिमा आएको भारतीय नम्बर प्लेटको कारले सडक किनारमा पार्किङ गरी राखिएको अटोलाई ठक्कर दिएको हो । ठक्करबाट अटो र कार दुवै सवारीसाधनमा ठूलो क्षति पुगेको छ ।

मध्यरातमा भएको उक्त दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् । दुर्घटनापछि केही समय त्यस क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।रत्ननगरको चित्रसारीमा  कारको ठक्करबाट अटोमा क्षति

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट