भरतपुर : खाद्य स्वच्छता कायम गर्न भरतपुर महानगरपालिकाले विभिन्न अस्पतालका क्यान्टिन तथा मासु पसलहरूको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अखाद्य तथा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेपछि ती वस्तुहरू नष्ट गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले खाद्यवस्तुको गुणस्तर, स्वच्छता तथा सरसफाइमा विशेष ध्यान दिन सम्बन्धित व्यवसायीहरूलाई निर्देशन दिएको छ । साथै, उपभोक्तालाई गुणस्तरीय र स्वच्छ खाद्यवस्तु उपलब्ध गराउन व्यवसायीहरूलाई सचेत गराइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij