Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने

एनपीएल : टस जितेको विराटनगरले पहिले बलिङ गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन् । यसअघिका कप्तान कुशल मल्ल प्लेइङ–११ मा अटाएका छैनन् । टस हारेपछि चितवनका कप्तान बोपाराले भने, ‘मैले पछिल्ला खेलहरूमा ९ खेलमा टस हारेको छु । अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं ।’

आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट