काठमाडौं : नेपाल प्रिमियर लिगको आजको पहिलो खेलमा चितवन राइनोजमाथि कर्णाली याक्सले २४ रनको सहज जित हात पारेको छ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १९.१ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १२९ रन बनाउन सक्यो। चितवनका लागि उसमा मिरले २९ रनको अविजित पारी खेले। कमिल मिशारा २५, कुशल मल्ल १८, देव खनाल १४, अशोक दामीले ११ रन जोड्न बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन्।
चितवनका लागि रिजन ढकाल, उसमा मिर र सलाहुद्दिन खानले समान दुई दुई विकेट लिँदा कमलसिंह ऐरी र कप्तान सिकन्दर राजाले समान एक एक विकेट लिए।
सुरुवाती समयमा २ खेल खेल्दा दुवैमा शानदार जित निकाल्दै प्लेअफको लागि बलियो दाबेदारी प्रस्तुत गरेको कर्णालीले पछिल्ला ४ खेलमा लगातार हार व्यहोर्दा प्लेअफको यात्रा तय गर्न सकेनन । ७ खेलमा ३ जित र ४ मा पराजय भएको कर्णाली ६ अंकका साथ अंक तालिकाको छैटौं स्थानमा रहेर सिजन टुङ्ग्याएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij