Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

इङ्गल्यान्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपीएल खेल्दै

इङ्गल्यान्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपीएल खेल्दै

टी– २०, एकदिवसीय र टेस्ट म्याचमा अन्तर्राष्ट्रिय शतकसमेत हानेका इङ्गल्यान्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् ।एनपीएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदै छन् । चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले जानकारी दिए । अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी ब्याटरका रूपमा परिचित मलानले गत संस्करणको एनपीएलमा पनि चितवन राइनोजबाट खेलेका थिए ।

इङ्गल्यान्डले सन् २०२२ मा टी– २० विश्वकप हात पार्दा मलान महत्त्वपूर्ण सदस्य थिए । उनी बायाँहाते ब्याटर र लेगब्रेक बलर हुन् ।आजसम्म टेस्ट म्याचमा मलानको १ हजार ७४ रन रहेको छ र टेस्ट म्याचमा उच्चतम स्कोर १४० रहेको छ । यस्तै एकदिवसीयमा ३० खेल खेल्दै १ हजार ४५० रन पूरा गरेका छन् भने उनको एकदिवसीय खेलमा उच्च स्कोर १४० रहेको छ ।

त्यस्तै, मलानले टी– २० मा ६२ खेल खेल्दै १ हजार ८९२ रन बनाएका छन् । उनको टी– २० को उच्चतम स्कोर १०३ रहेको छ । उनी आईसीसीको टी– २० अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष स्थानमा पुगिसकेका खेलाडी हुन् ।नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणममा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट