काठमाडौं : बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान एलेक्सिया पुतेलासले सन् २०२६ को बालोन डि'ओर उपाधि जितेका छन्।३३ वर्षका केन सन् २००१ मा माइकल ओवेनले जितेयता पुरुषतर्फको बालोन डि'ओर हात पार्ने पहिलो इङ्लिस खेलाडी बनेका छन्। उता ३२ वर्षीया पुतेलासले आफ्नै देशकी सहकर्मी एइताना बोन्माटीलाई पछाडि पार्दै कीर्तिमानी तेस्रो पटक महिलातर्फको बालोन डि'ओर उपाधि आफ्नो नाममा गराएकी हुन्
उपाधि जितेपछि ह्यारी केनले ठूला खेल र फाइनलभन्दा यो क्षण निकै फरक र तनावपूर्ण रहेको बताए। "हामी मैदानमा खेलेर नतिजा प्रभावित पार्न बानी परेका हुन्छौँ, तर यो त केवल निर्णयको पर्खाइ मात्र थियो। धेरै दिनदेखि अनेक अफवाहहरू चलिरहेका थिए, जसले गर्दा परिवार र मेरा लागि अन्तिम केही हप्ता निकै तनावपूर्ण रहे," केनले भने, "मैले सबैलाई ‘अब नतिजा हाम्रो हातमा छैन, यो क्षणको आनन्द लिऊँ’ भनेर शान्त राख्ने प्रयास गरेँ। साँच्चै, यो मेरो जीवनकै एउटा अद्भूत क्षण हो।"
कसले कुन पदक जिते
सर्वोत्कृष्ट पुरुष खेलाडी (Ballon d’Or): ह्यारी केन
सर्वोत्कृष्ट महिला खेलाडी (Ballon d’Or Féminin): एलेक्सिया पुतेलास
सर्वोत्कृष्ट युवा खेलाडी (Kopa Trophy): लामिन यमाल र लोपेज
सर्वोत्कृष्ट प्रशिक्षक: लुइस दे ला फुएन्ते र रोमेउ
सर्वोत्कृष्ट गोलकिपर (Yachine Trophy): उनाई सिमोन र कोल
सर्वोत्कृष्ट क्लब: पेरिस सेन्ट-जर्मेन (पुरुष) र बार्सिलोना फेमेनी (महिला)
सर्वोच्च गोलकर्ता (Gerd Müller Trophy): ह्यारी केन र कोराल
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij