काठमाडौं : जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय लगेको छ ।उनलाई लिन ब्युरोको टोली आज बिहान नख्खुस्थित निवासमै पुगेको थियो ।साइबर ब्युरोका उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि छलफलका लागि बोलाइएको हो । समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए । त्यसको जवाफमा श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएका छन् ।
दुवै पक्षबाट निवेदन परेपछि ब्युरोले श्रेष्ठ र पन्तलाई एकै ठाउँमा राखेर छलफल गराउने तयारी गरेको स्रोतले जनाएको छ ।पत्रकार किशोर श्रेष्ठ यसअघि गत साउन २७ गते ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ परेका थिए। त्यतिबेला उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी परेको थियो। सर्वोच्च अदालतको परमादेशपछि उनी साउन ३२ गते रिहा भएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij