Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

विनयी खोलामा हामफालेकी महिलाको प्रहरीले गर्‍यो उद्धार

विनयी खोलामा हामफालेकी महिलाको प्रहरीले गर्‍यो उद्धार

नवलपुर : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी खोलामा हामफालेकी एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ निवासी ४० वर्षीया सरिता गुरुङले शुक्रबार बिहान करिब ७ बजे विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा हामफालेकी थिइन्।

महिला खोलामा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले महिलाको उद्धार गरेको हो। उद्धारपछि उनलाई उपचारका लागि विनयी त्रिवेणी आधारभूत अस्पताल, दुम्किबासतर्फ पठाइएको प्रहरीले जनाएको छ।

महिलाले खोलामा हामफाल्नुको कारणबारे भने थप विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट