Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ  : हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ’।


हाल देशको हिमाली भू-भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली भएको छ। बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बादलमय मौसम छ। 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली हुनेछ भने बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागमा आंशिक बादलमय मौसम रहनेछ। 

मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार ‘देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा’ मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट